राजनीति

‘निष्ठाको राजनीति हराउँदै गयो’

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठा र इमान्दार व्यक्तिका हातमा नेतृत्व आउनुपर्ने बताउनुभएको छ । कांग्रेस भरतपुर महानगरपालिका–१० ले आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले पछिल्ला समय निष्ठाको राजनीति हराउँदै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल

उहाँले भन्नुभयो, “म सबै इमान्दार साथी एकठाउँमा उभिन आग्रह गर्दछु । जनताको मन जितेर राजनीति गर्नुपर्छ । ” पार्टीको तलदेखि माथिसम्म निष्ठा र इमान्दार व्यक्तिले नेतृत्व गरेर नयाँस्वरुप दिनुपर्नेमा उहाँको जोड थियो ।

सो अवसरमा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले पार्टीको निर्वाचनँंगै तीनै तहको निर्वाचन हुने भएकाले आन्तरिक निर्वाचनको प्रभाव नपर्ने गरी प्रतिस्पर्धामा उत्रनुपर्ने बताउनुभयो ।

वडा सभापति गणेश गुरुङका अध्यक्षतामा भएको कार्यक्रममा जिल्लाका पूर्व सभापति, पदाधिकारीलगायत नेता कार्यकर्ताको उपस्थिति थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.