जापान

स्थापना भएको २३ वर्षपछि नेफिन जापानले कार्यालय स्थापना गर्ने

नेपाल आदिवासी जनजाति महासंघ,जापान (नेफिन)ले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । जापानमा आदिवासी जनजातिहरुको सक्रियतालाई थप टेवा पुर्याउने र नेफिन जापानको कार्य सम्पादनलाई ब्यबस्थित गर्न आफ्नै कार्यालयको स्थापना गर्न लागेको हो ।

आइतवार नेफिन जापानको संघीय परिषदको बैठकले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्ने निर्णय गरेको बैठकमा सहभागी नेपाल मगर संघ जापानका अध्यक्ष ओम काउचा मगरको जानकारी दिनुभयो ।

मगरका अनुसार बैठकले नेफिन जापानको सम्पर्क कार्यालय स्थापना गर्ने र त्यसभित्र नेफिन आबद्व एकल जातीय संस्थाहरुले बैठक, सेमिनारहरु गर्ने निर्णय गरेको छ ।

त्यस्तै बैठकमा सहाभागी थकाली समाज जापानको अध्यक्ष बुद्धी गौचनले नेफिन जापान स्थापना भएको २३ वर्षपछि सम्पर्क कार्यालय स्थापना गर्ने निर्णयले उत्साहित भएको बताउनु भयो ।

आफ्नो कार्यालय नभएकाले एकल जातीय संघसंस्थाहरुको गीत, नाच वा झाँकीहरुको अभ्यास गर्ने स्थान नहुँदा नेपालमा जसरी प्रस्तुत गरिने हो त्यसै गरी जापानमा प्रस्तुत गर्न नसक्दा मौलिकतामा कमी आएको हुँदा पनि कार्यालय स्थापना गरी त्यस्तो सुविधा आवश्यक रहेको महासचिव शिशिर निङलेकु लिम्बुले जानकारी दिनुभयो ।

जापानको टोकियो जस्तो महँगो ठाउमा नेफिन जापानले आफ्नै सम्पर्क कार्यालय स्थापना गर्न चुनौतीपूर्ण भए पनि सबैको सामूहिक सहकार्यमा सहज रुपमा कार्यालय स्थापना गर्न सकिने नेफिन जापानको अध्यक्ष सन्जिव राइले बताउनु भयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.