अर्थ

एक महिनामै ३१ अर्बभन्दा बढीको ऋण उठायो सरकारले

मुलुकको आर्थिक अवस्था कस्तो छ भन्ने उदाहरण र उत्तर एक होइन अनेक छन् । आर्थिक सवलीकरणको साटो गठबन्धनको सत्ता निरन्तरताका लागि मात्रै दौडधूप गरिरहँदा सरकारका लागि ऋण उठाउनुपर्ने अवस्था सिर्जना भएको छ ।

निर्वाचनको संघारमा पुगेको मुलकमा सरकारकै लागि नेपाल राष्ट्र बैंकले असोज महिनामा मात्रै ३१ अर्बभन्दा बढीको आन्तरिक ऋण उठाउन ट्रेजरी बील जारी गरेको छ ।

असोज २४ गते सोमबार मात्रै १८ अर्ब २५ करोडको ट्रेजरी बील जारी गरेको छ । गत असोज १३ गते मात्रै १३ अर्ब पाँच करोडको र सोमबार २८ दिनेदेखि ३ सय ६४ दिने अवधिका कुल १८ अर्ब २५ करोडको ट्रेजरी बील जारी गरेको हो।

१३ असोजमा जारी भएको ट्रेजरी बीलमा आवेदकहरूले ९ प्रतिशतदेखि १२.९५ प्रतिशतसम्म ब्याजदर माग गरेका थिए । सो दिन जारी भएका दुई फरक फरक अवधिका ट्रेजरी बिल्समा औसत १०.५६ देखि १०.८६ प्रतिशतसम्म ब्याजदर कायम भएको छ।

सोमबार २८ दिने अवधिको पाँच अर्ब, ९१ दिने अवधिको आठ अर्ब, एक सय ८२ दिनको दुई अर्ब २५ करोड र तीन सय ६४ दिनको तीन अर्ब रुपैयाँको ट्रेजरी बील जारी गरिएको हो।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.