राजनीति

उमेरमा देखिएको फरकबारे प्रधानमन्त्री देउवाको जवाफ

नागरिकता र मतदाता नामावलीमा जन्ममिति फरक परेको भन्दै परेको उजुरीमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगमा त्यसको जवाफ पठाउनुभएको छ ।

प्रधानमन्त्री देउवाले पत्नी डा.आरजु राणा देउवामार्फत मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा उजुरीको जवाफ बुझाउनु भएको हो ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले देउवाले मङ्गलबार बिहान साढे ११ बजे आफूबिरुद्धको उजुरीको प्रमाणसहित जवाफ पठाएको बताउनुभयो ।

देउवाका विपक्षी नेपाली कांग्रेस (बिपी)का उम्मेदवार कर्णबहादुर मल्लले सोमबार जन्म मिति फरक भएको भन्दै उजुरी दर्ता गराउनुभएको थियो ।

निर्वाचन आयोगले आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकेको थियो ।

देउवाको नागरिकतामा जन्म मिति वि।सं। २००३ जेठ ३१ गते छ भने मतदाता नामावलीमा २००२ जेठ ३१ गते उल्लेख रहेको पाइएको छ । देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्दै हुनुहुन्छ ।

यसअघि उहाँ २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ निर्वाचनमा डडेल्धुराबाट विजयी भइसक्नुभएको थियो । २०६४ मा कञ्चनपुर ४ र २०७० मा कैलाली –६ बाट पनि उहाँ विजयी हुनुभएको थियो ।

देउवा २०४८ सालयताका हरेक निर्वाचनमा आफ्नो गृहजिल्लाबाट लगातार प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदै आउनुभएको छ भने २०५२, २०५९, २०६१, २०७४, २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री बनिसक्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.