राजनीति

सरकारको चेतावनी- लकडाउन ब्यहोर्ने कि स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्ने ?

कोरोना संक्रमितको संख्या अनपेक्षित रुपमा बढ्दै गएपछि यसको रोकथामका लागि पुनः लकडाउन हुनसक्ने आशंकाकाबीच सरकारले नागरिकलाई स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाए नियन्त्रणका लागि फेरि लकडाउन गर्नुपर्ने बाध्यता आउन सक्ने बताएको छ ।

सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बारम्बारको अपिलले काम नगरे कडा कदम चाल्नुपर्ने अवस्था आउन सक्ने र फेरि लकडाउन हुन सक्नेतर्फ सरकारले सचेत गराउनुभएको हो ।

आइतबार मन्त्रिपरिषद्को निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मलनमा मन्त्री ज्ञवालीले अहिलेको अवस्थामा लकडाउन र निषेधाज्ञा गर्ने कुरा सरकारको प्राथमिकतामा नरहेको तर नागरिक संवेदनशील नभए लकडाउन गर्न सरकार बाध्य हुने बताउनुभयो ।

राजधानीमा मात्रै ४० हजार बढी संक्रमित- सुरक्षा शतर्कताका लागि के गर्दैछ प्रशासन ?

चाडबाडको समयमा नागरिक सचेत भए लकडाउन गर्ने अवस्था नआउने तर सरकारी आग्रह र अपिलहरु नागरिकले कति पालना गरिरहेका छन् भन्ने कुरामा महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।

यतिबेला काठमाडौं उपत्यका अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको छ । उहाँले जटिल अवस्था आउन नदिन नागरिकहरुलाई सचेतना अपनाउन अपिल समेत गर्नुभएको छ ।

काठमाण्डौमा सङ्क्रमणको दर बढिरहेको सन्दर्भमा उहाँले बाँकेको नरैनापुर, उदयपुर र वीरगञ्जलगायतका क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुले खेलेको भूमिकालाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।

राजनीतिक र सामाजिक परिवर्तनका लागि महत्त्वपूर्ण भूमिका खेलेको काठमाण्डौ महामारीविरुद्धको लडाइँमा पछाडि परेको उल्लेख गर्दै उहाँले विगतमा हटस्पट भएका ठाउँमा जनप्रतिनिधिहरुले कोरोना नियन्त्रणमा लिन गरेको असल अभ्यासहरु काठमाण्डौमा लागू गर्न आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.