अर्थ
कोरोना महामारीमा दशैंको दक्षिणा पुरानै नोट- राष्ट्र बैंकले नयाँ नोट नबाड्ने
यसपालिको दशैंको टीकापछि दिइने दक्षिणा पुराना नोटको हुने छन् । कोरोना महामारीकाबीच संक्रमण फैलने डरले नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट सटही नगर्ने भएको छ ।
राष्ट्रबैंकले नोट सटहीले सरकारले तोकेको स्वास्थ्य मापदण्ड विपरीत भीडभाड हुने भन्दै नयाँ नोट नसाट्ने सूचना जारी गरेको हो । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा समेत कोरोना बढिरहेको भन्दै सहटी नगर्ने निर्णय राष्ट्र बैंकले गरेको हो ।
अहिले यही बैंक र अन्य बैंक तथा वित्तिय संस्थाका कर्मचारीहरुमा समेत संक्रमण निकै फैलिएको छ । नगद सटहीका क्रममा हुने भीडभाडबाट संक्रमण फैलिन सक्ने उच्च भएकाले आम नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राख्दै यस बैंकका कुनै पनि कार्यालयबाट नयाँ नोट सटही सुविधा प्रदान नगर्ने भएको राष्ट्र बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।