आकस्मिक बाहेक शल्यक्रिया नगर्न निर्देशन, सरकारी अस्पताल कोभिड अस्पताल बनाइने

कोरोना संक्रमितको संख्या तीब्रगतिमाा बढिरहेपछि उपचारका लागि आवश्यक बेडको अभाव हुन नदिन सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गर्ने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय गरेको छ ।
यसै गरी मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई आकस्मिक बाहेकका शल्यक्रिया नगर्न निर्देशन दिएको छ । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेसँगै मन्त्रालयले यो निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले यसो गर्दा रोनाका बिरामीहरुलाई केही हदसम्म आईसीयू र भेन्टिलेटर वेड पाउने अपेक्षा गरिएको बताउनुभएको छ ।
यसै गरी अस्पतालले होटलहरुसँग सहकार्य गरेर होटल आइसोलेसन सेन्टर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको छ । यस्ता होटलमा संक्रमितबाहेक अरुलाई राख्न पाइने छैन ।
प्रतिक्रिया राख्नुहोस्