जन सरोकार

एकाएक सुक्यो कर्णाली नदी, पहिरोले थुनिएको आशंका

भरखर वर्षा सकिने क्रममा रहेका बेला मुलुकको प्रमुख नदीमध्येको कर्णाली नदी एकाएक सुकेको छ । मंगलबार बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन ।

कालीकोट पलाँताका शिक्षक लंकवहादुर बमले कर्णाली नदीको १५ मिटर सतह कम भएको र खोलाको रुपमा परिणत भएको वताउनुभयो ।

उहाँले नदी एक्कासि सुकेपछि स्थानीय त्रसित भएका छन केही भने नदी किनारमा माछा छोप्न भीड लागेको वताउनुभयो । पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदि किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने वताउनुभयो ।

उहाँले सुरक्षा निकाय सबैलाई खवर गरिदिन अनुरोध समेत गर्नुभएको छ । फोन राम्रो नचल्ने पलाँतामा नागरिक एका तर त्रसित छन भने अर्को तिर माछा मार्नमा ब्यस्त पनि छन । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानवीय क्षति हुने छ ।

हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबैभन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासि कसरी सुक्यो नागरिकमा त्रास फैलिएको छ । यस बिषयमा सुरक्षा निकाय पनि वेखवर छ ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको वताउनुभयो । वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.