जन सरोकार

मुगु बस दुर्घटनामा ३२ जनाको मृत्यु

मंगलबार दिउँसो नेपालगञ्जबाट मुगुको सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित मृतकको संख्या ३२ पुगेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेले जानकारी दिनुभयो ।

उहाँका अनुसार घटनास्थलमा २४ जनाको मृत्यु भएको हो । चार जनाको उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उपचारको लागि पठाइएका अन्य १६ जना घाइते मध्येबाट चार जनाको उपचारका मृत्यु भएको उहाँले बताउनुभयो ।

घटनास्थलमा मृत्यु भएकामध्ये १६ जना पुरूष, ७ जना महिला र १ जना बालक छन्। नेपालगञ्जमा अहिले १२ जनाको उपचार भइरहेको छ ।

समिट एअर र नेपाली सेनाको हेलिकप्टरमार्फत् नेपालगञ्ज उपचारका लागि लगिएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

एक जना बालिकाको भने जिल्ला अस्पताल मुगुमै उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ । ३ जना गाडीबाट हाम फालेको र २ जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएको बुझिएको छायानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले बताउनुभयो ।
लअभिि ष्ल

‘मृतक, घाइते र गाडीबाट हाम फालेर वा ओर्लिएर बचेकाहरूको संख्या हेर्ने हो भने गाडीमा ४९ जना सवार रहेको देखिएको छ, यद्यपि घटनास्थलको भिरमा प्रहरीले मानिसको खोजी गरिरहेको छ,’ मेयर शाहीले भने।

सुर्खेतबाट मुगुका लागि गएको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पौने २ बजेतिर मुगुमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.