राजनीति

आज १ बजेसम्म बागीले उम्मेदवारी फिर्ता नलिए स्वतः निष्कासित

नेपाली कांग्रेसले तोकिएको समय सीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा बागी उम्मेदवार र निजको प्रस्तावक तथा समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जनाएको छ ।

कांग्रेस

कांग्रेसले एक विज्ञप्तिमार्फत आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेसका आधिकारिक र गठबन्धन दलबीच सहमति भई बनेका आधिकारिक उम्मेदवार विरुद्ध बागी उम्मेदवारी दर्ता गराउने पार्टी सदस्यलाई आज (असोज २६) गते १ बजेसम्म उम्मेदवारी फिर्ता लिन निर्देशन गरेको छ ।

विज्ञप्तिमा पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरे÷गराएको भए, निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (असोज २६ गते बिहान १० बजे देखि दिउँसो १ बजेसम्म) उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारलाई विजय गराउन सक्रिय भूमिका निर्वाह गर्न हुन निर्णयानुसार निर्देशन गरिएको छ ।

यसै गरी सत्ता गठबन्धनले आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिएकालाई तोकिएको समय अवधिभित्रै उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएको छ ।

मंगलबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकले यही असोज २६ गते दिउँसो १ बजेभित्र बागी उम्मेदवारले उम्मेदवारी फिर्ता नलिए सम्बन्धित पार्टीले निष्कासन गर्ने निर्णय गरेको छ ।

बैठकपछि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा उक्त विषय उल्लेख छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.