आम निर्वाचन २०७९

मतदान नहुँदै दीपक मनाङ्गे निर्वाचित

मंसिर ४ गते हुन गैररहेको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनका लागि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन भएसंगै गण्डकी प्रदेश मनाङ निर्वाचन क्षेत्र (ख) बाट उमेदवारी दिनुएका दीपक मनाङे (राजीव गुरुङ) निर्विरोध निर्वाचित हुनुभएको छ ।

स्वतन्त्र रूपमा उमेदवारी दिनुभएका गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री समेत रहनुभएका दीपक निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने हुन बाँकी छ । उक्त क्षेत्रमा नेकपा (एमाले) तथा सत्ता गठबन्धनका अरू दलले आफ्ना उमेदवारी उठाएका छैनन् ।

बुधबार दीपकसंग प्रतिस्पर्धामा उत्रिनुभएका अर्का स्वतन्त्र उमेदवार दोर्जेलामा गुरुङले आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएसंगै उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।

गुरुङले निर्वाचन कार्यालयमा बिहान १० बजे आफ्नो उमेदवारी फिर्ताका लागि निवेदन दिएको निर्वाचन अधिकृतको कार्यालय मनाङका सहायक निर्वाचन अधिकृत तारादत्त बडूले बताउनुभयो । उमेदवारी फिर्ता लिन आज दिउँसो ३ बजेसम्मको समय छ ।

निर्वाचन कार्यालयले औपचारिक रूपमा दिउँसो ३ बजे उहाँको उमेदवारी फिर्ता भएको सूचना निकाल्नेछ र उमेदवारी फिर्तासँगै दीपक गण्डकी प्रदेशसभामा निर्वाचित हुने पहिलो सांसद बन्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.