राजनीति

नेपाली भूमिमाथि भारतको कब्जाबिरुद्ध जेनेभामा बिरोध प्रदर्शन

जेनेभाका दुईवटा मानवअधिकारवादी संगठनले भारतले नेपालको भूमि कब्जा गरेको बिरोधमा प्रदर्शन गरेका छन् । ढिलो गरी प्राप्त समाचार अनुसार नेपाली भूमिमा भारतीय कब्जा लेखिएको ब्यानरसहित बिरोध प्रदर्शन भएको हो ।

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका समर्थकहरुको संयोजनमा जेनेभास्थित पुनर्वास केन्द्र, यातना विरुद्धको विश्व संगठन र अन्तर्राष्ट्रिय मानवअधिकार आन्दोलन नामक संगठनले बिरोध प्रदर्शन गरेका हुन् ।

जेनेभामा संयुक्त राष्ट्रसंघ मानवअधिकार परिषद्को ५१ औँ सत्र चलिरहेको बेला सेप्टेम्बर ३० का दिन ती संगठनले अन्तर्राष्ट्रिय विरोधस्थल ब्रोकन चेयरमा ग्रेटर नेपालको नक्सासहित भारतबिरुद्ध विरोधी प्रदर्शन गरेका हुन् ।

उनीहरूले नेपाली भूमिमा भारत (इण्डिया)को अन्यायपूर्ण कब्जा मानवअधिकारको हनन् भन्दै कालापानीबाट भारत फर्किनुपर्ने र नेपाली भूमिमाथिको अतिक्रमण बन्द गर्नुपर्ने  व्यहोराकाे अङ्ग्रेजी र स्विस भाषामा लेखिएका प्ले कार्ड लिएका थिए ।

ग्रेटर नेपालको नक्सालाई ठूलो ब्यानर बनाएर ब्रोकन चेयरको छेउमा उभिएका दुवै संस्थाका अनुयायीहरूलाई आगन्तुकहरूले ग्रेटर नेपालका बारेमा उत्सुकतापूर्वक प्रश्नहरू सोधेका थिए ।

जेनेभामा भएको यो विरोध प्रदर्शनको औचित्यबारे प्रश्न गर्दा मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले जेनेभास्थित मानवअधिकारवादी संगठनहरूले भारतले नेपाली भूभाग कब्जा गरेर नेपालमाथि अन्याय गरेको कुरालाई विरोधको विषय बनाउनु ग्रेटर नेपाललाई अन्तर्राष्ट्रियकरण गर्नेतर्फको गतिलो प्रयास भएको बताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.