जन सरोकार

प्रहरीको हाकिम हुँ भन्दै ब्यापारीसँग पैसा असुल्दै गर्दा…

विराटनगरमा आफूलाई प्रहरीको हाकिम बताउँदै व्यापारीहरुसंग पैसा उठाउँदै गर्ने एकजनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ ।

व्यापारीसँग रकम माग गरेको अभियोगमा विराटनगर महानगरपालिका २ बस्ने २९ वर्षीय रविन घिमिरेलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

घिमिरेले सोही महानगरपालिका १५ स्थित १ नम्बर ढाटमा घिमिरेले व्यापारीहरुलाई प्रहरीको हाकिम हुँ भन्दै रकम माग गरेको हुँदा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनीउपर जिल्ला प्रशासन कार्यालय मोरङबाट ५ दिन म्याद थप अनुमती प्राप्त गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.