जन सरोकार

क्राउन प्लाजामा युवतीको मृत्यु प्रकरण : दुईजना पक्राउ

असोज २४ गते सोमबार काठमाडौंको नक्सालस्थित होटेल क्राउन प्लाजामा आगोले जलेर भएको युवतीको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले अनुसन्धानको घेरा फराकिलो बनाएको छ ।

सोमबार विहान चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको थियो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका १४ का २६ वर्षीय केशव रिजाल रहेका छन् ।

सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल भने होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ परेका हुन् ।

रिजालले होटेलमा आगोबाट जलेर घाइते भएपछि ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेश मैनालीले प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको बताउनुभएको छ । रिजाल र ती युवती प्रेमी प्रेमिका भएको प्रहरीको आशंका छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.