क्रिकेटखेल

टी-२० विश्वकप छनोट: सुपर सिक्समा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दै

सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्समा आज (आइतबार) नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार दिउँसो ४ः१५ बजेदेखि सुरु हुनेछ । नेपालले समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।

नेपाल दुई अंकका साथ सुपर सिक्समा प्रवेश गरेको छ । आज यूएईलाई पराजित गर्दै नेपाल विश्वकपमा पुग्ने सम्भावनालाई बलियो बनाउने योजनाका साथ मैदान उत्रदैछ भने यता यूएई पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।

यूएई पनि समूह चरणमा कतार र मलेसियालै पराजित गदै समूह ‘ए’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो । टी -२० अन्तर्राष्ट्रियमा हालसम्म यी दुईबीच १० खेल हुँदा दुवै टोलीले समान पाँच-पाँच खेल जितेका छन् ।

आज सुपर सिक्समा पहिलो खेल खेल्न लागेको नेपालले दोस्रो खेल कतारसँग २७ असोजमा, तेस्रो खेल २९ असोजमा घरेलु टोली ओमानसँग र अन्तिम खेल सामोआसँग ३१ असोजमा खेल्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.