खेलजापान

भलिबल प्रतियोगिताको सबै उपाधि सबै गल्कोटे टोलीलाई

नेपाल भलिबल क्लब ईताबासी जापानले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको सबै उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ ।

जापानका बिभिन्न स्थानबाट सत्र टोलीको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गल्कोट समाज जापान दुबै गल्कोटे टोली पुगेका थिए । ए पोलका नौ टीम र बी पोलका ८ टीमको प्रतिस्पर्धाबाट फाइनल यात्रा तय गरेका दुबै टीम बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा आई बसोबास गर्ने युवाहरु आबद्ध टीम हुन् ।

गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानमा भलिबलको प्रबद्र्धनमा निरन्तर लागेको संस्था समेत हो । प्रत्येक वर्ष भलिबल प्रतियोगिता गर्दै आएको क्लवले यस वर्ष कोरोनाका कारण प्रतियोगिता स्थगित गरेको थियो । यस क्लवबाट नेपालमा राष्ट्रिय खेल खेलेका खेलाडी समेत खेल्नुले पनि कल्वलाई बिशेष रुपमा हेरिन्छ भने क्लवमा आबद्ध खेलाडीलाई समेत यस्ता प्रतियोगितामा बिशेष चासोका साथ हेर्ने गरिन्छ ।

हितु थापा, राम मल्ल, गणेश के सी, मनोज के सी, केशव के सी, रेशम बस्नेत,ललित भण्डारी, सुनिल बस्नेत,महेन्द्र साहानी सहभागि टोली छनौट खेलाडी संयोजक अम्मर भण्डारी र देबेन्द्र खत्रीले गरेका थिए ।

प्रतियोगिताको उपाधी जित्न सफल क्लवले बीस मान नगद सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने सोही क्लबका रमेश बस्नेतले बेष्ट प्लेयरको उपाधी पाएका थिए ।

त्यस्तै उपबिजेता बनेको गल्कोट समाज जापानले बाह्र मान नगद सहित कप मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । गल्कोटकै डम्मर बस्नेत बेष्ट ब्लकर उपादी प्राप्त गर्न सफल भएका थिए ।

नेपाल भलिबल संघ जापान शाखाले गत बर्ष आयोजना गरेको भलिबल प्रतियोगितामा पनि गल्कोट स्पोर्ट्स क्लव टोकियोले प्रथम स्थान हासिल गर्न सफल भएको थियो। खेल तोसिमा कु मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.