प्रबास

मुद्राकोषका पूर्व वरिष्ठ अर्थशास्त्री डा. शाहको अमेरिकामा निधन

लामो समयदेखि अमेरिकामा बस्दै आउनुभएका अन्तर्राष्ट्रिय मुद्रा कोष का पूर्व बरिष्ट अर्थसास्त्री डा. सुकदेब शाहको निधन भएको छ । वासिंगटन डिसी नजिकै अलेक्जेन्ड्रिया स्थित आफ्नै निवासमा स्थानीय समयअनुार आइनबार उहाँको हृदयघातबाट निधन भएको हो ।

लामो समय मुद्रा कोषको विभिन्न जिम्मेवारीमा रहेर काम गर्नु भएका शाह को ८३ वर्षको उमेरमा निधन भएको स्वर्गीय साहका पारिबारिक सदस्य किरण प्रताप के सीले जानकारी दिनु भएको छ ।

बाइपास सर्जरी भएका स्वर्गीय शाहह हाल स्वस्थ भएको तर बाथरुममा गएको समय अचानक ह्रदयघात भएको के सीले बताउनु भयो । नेपाल र नेपालीको लागि निकै ठूलो योगदान पुर्याउनु भएका शाहहको श्रीमती, एक छोरा र एक छोरी हुनुहुन्छ ।

नवीन रायमाझी, अमेरिका

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.