जन सरोकार

होटलको कोठालाई नक्कली मह कारखाना बनाउँदा

काठमाडौँ महानगरपालिकाले गरेको बजार अनुगमनको क्रममा नक्कली मह बनाएर व्यावसायिक रूपमा विक्री वितरण गर्ने गरेको पाइएको छ । सोमबार बिहान कामपा उपभोक्ता हित संरक्षण समितिको अनुगमन टोलीले गोङ्गबु मित्रनगरमा नक्कली मह बनाउने सामान फेला पारेको छ ।

होटल रेड डाइमण्डको कोठा ३०२, ३०४ र ३०६ गरी ३ वटा कोठामा नक्कली मह बनाउने सामान राखी उक्त स्थानबाट नै व्यावसायिक रूपमा मह बनाउने र विक्री गर्ने गरेको पाईएको छ ।

अनुगमन टोलीले महानगरीय प्रहरी वृत्त बालाजुको सहयोगमा होटलको निगरानी थालेको छ । अहिले दुई जना व्यापारी सम्पर्कमा आएका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर थप प्रक्रिया अघि बढाइने भएको छ । होटलमा अनुगमन टोली पुग्दा अन्य व्यापारी मह बेच्न बाहिर गएका थिए ।

होटल सञ्चालक लीलाबल्लभ पराजुलीका अनुसार उनीहरूले साँझ मह बनाउने र  दिउँसो बेच्ने गरेका थिए । पराजुलीका अनुसार उनीहरू मह बेच्ने पुराना व्यापारी हुन् । अनुगमन टोलीको नेतृत्व गरिरहनु भएका कामपाको कृषि विभागका प्रमुख हरिबहादुर भण्डारीका अनुसार महको चाका मैदाको हुन सक्छ । अन्य रसायन के के प्रयोग गरेका छन् अध्ययन भइरहेको बताइएको छ ।

अनुगमन टोलीले होटलका तीन वटा कोठामा भएका सामान बटुलेर एउटै कोठामा राखेर ताला लगाएको छ । त्यहाँ नौ किलो १८६ ग्रामका २८ पोका मह बनाउने सामग्री र  र १३ टिन माहुरीको चाका छ । यस्तै अन्य सामग्रीको सानातिना धेरै पोका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.