अर्थ

फास्ट ट्रयाक, द्रुत कामदेखि मुआब्जा वितरण र सम्पदा संरक्षणको विवाद (भिडियोसहित)

लामो समयदेखि कायम रहेको विवादलाई चिर्दै २०७४ बैशाख २१ गतेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनालाई निर्माणको जिम्मा दिने निर्णय भई २०७४ जेठ १४ गते शिलान्यास भएको काठमाडौं तराई मधेश द्रुत मार्ग (फाष्ट ट्रयाक)को काममा नेपाली सेनाले तीब्रता दिइरहेको छ । यसबीचमा अनगिन्ती विवादहरु पनि आएका छन् ।

विशेष गरी ललितपुरको खोकना तथा बुङमतीको सम्पदा संरक्षण र त्यहाँका किसानले मुआब्जा नपाएको विषयले आन्दोलनकै रुप समेत लिइरहेको छ । यसबीचमा आयोजनालाई समयमै सम्पन्न गर्न सरकारले अनुगमन र मुल्यांकनलाई तिब्रता दिएको छ ।

उपत्यका बाहिर सडक निर्माणको कार्य तीब्रगतिमा भैरहे पनि ललितपुरको भैंसेपाटी, खेकना, सिकाली चौर, बुङमती र मख्खुबेसी खण्डमा आयोजना निर्माणको क्रममा समस्या उत्पन्न भएको छ । योा समस्या सरकारी तहबाटै हल गर्नुपर्ने भएकाले अघिल्लो साता राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेल प्रधानमन्त्रीका पूर्वाधार विकास विज्ञ गजेन्द्र थपलिया र राष्ट्रिय योजना आयोगका अनुगमन महाशाखा प्रमुख डा. बासुदेव शर्मालाई साथमा लिएर आयोजना स्थल पुग्नुभयो ।

निरीक्षणका क्रममा उपाध्यक्ष कँडेलले ललितपुर जिल्ला समन्वय समितिका उपप्रमुख बिनेश महर्जन लगायत स्थानीयसँग समस्याबारे जानकारी लिंदै क्रममा मुअब्जा विवाद, सम्पदा संरक्षण र एकीकृत विकासलाई केन्द्रित गरी सहजिकरण गरिदिन माग गर्नुभएको थियो ।

उपत्यकाभित्र समस्या देखिए पनि नेपाली सेनाले विभिन्न चरणमा आयोजना निर्माणका काम द्रुतगतिमा बढाइरहेको छ । हेरौं यो भिडियो-

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.