जन सरोकार

जोरपाटी–सुन्दरीजल सडक– स्थानीयको चाहना अनुसार गर्ने मेयर चालिसेको प्रतिबद्धता

लामो समयदेखि विस्तारको क्रममा रहेको तर, योजना अनुसार काम नभएको काठमाडौंको जोरपाटीदेखि सुन्दरीजलसम्मको सडक विस्तारका क्रममा पछिल्लोपटक स्थानीय, नेपाल सरकार र गोकर्णेश्वर नगरपालिकाबीच भएको सहमतिले कतिपय जग्गाधनीहरु मर्कामा परेको भन्दै नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

त्यस क्रममा मेयर सन्तोष चालिसेले सडक विस्तारका सवालमा स्थानीयबासीको चाहना अनुसार नगरपालिकाले पहल गने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो सडकको केन्द्रबाट ११–११ मिटर कायम गर्न सहमत भए सोही अनुसार र नभए ७ मिटर कायम गर्न तयार रहेको बताउनुभयो ।

मंगलबार सडक छेउमा घर जग्गा रहेका स्थानीयहरुले सामूहिक रुपमा गोकर्णेश्वर नगरपालिकाका मेयर चालिसेलाई भेटी पछिल्लो निर्णयले सुरुदेखि नै सडक विस्तारका क्रममा जग्गा छाडेकाहरुलाई मर्का परेको भन्दै निर्णयमा पुनःविचार गर्न आग्रह गरेपछि सो प्रतिबद्धता जनाउनुभएको हो ।

पीडित पक्षले सडक केन्द्रबाट दुबै किनारमा भैरहेको संरचना भत्काउन कार्य त्रुटीपूर्ण रहेकाले त्यस रोकी पुनः नापी गर्न आग्रह समेत गरेका छन् । उनीहरुले बुझाएको ज्ञापनपत्रमा सडक विस्तारका लागि नगरपालिकाले लिएको कार्य सह्रानीय रहेको भन्दै सडकको दायाँ–बायाँका घनीहरु आफ्नो तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको तर विगतमा पटकपटक सडक विस्तारका क्रममा हालको सडकको केन्द्रलाई मध्यभाग मान्दा विगतमा जग्गा छाडी संरचना निर्माण गरेका जग्गा धनहरुलाई मर्का पर्नजाने दावी गरिएको छ ।

हालको निर्णयले विगतमा जग्गा छाडेकाहरुलाई मर्कापर्न जाने हुनाले साविक २०२१ सालको नापीलाई आधारा मनी कुनै पनि पक्षलाई मर्का नपर्ने गरी पुनः उकपटकक दुबैतर्फ नापी र सडके ओगटेको जग्गा यकिन गरिदिन माग गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.