जल/वातावरण

मंगलबार थपिए ३ हजार ५ सय ५६ संक्रमित- १८ जनाको मृत्यु

मंगलबार नेपालमा कोरोना भाइरसका तीन हजार ५ सय ५६ जना सङ्क्रमित थपिएका छन् । त्यसै गरी वितेको २४ घण्टामा १८ जनाको मृत्यु भएको छ । मंगलबार थपिएकासमेत कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ जना पुगेको छ भने मृत्यु हुनेको संख्या ६६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो नियमित प्रेस ब्रिफिङ्को क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिनुभएको हो । उहाँका अनुसार थपिएका थपिएका संक्रमितमध्ये २ हजार १ सय ३९ जना काठमाडौंका छन् र हाल ३५ हजार ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ ।

त्यस्तै विगत २४ घण्टामा एक हजार ५०३ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ७८ हजार ७८० सङ्क्रमित निको भएर घर फर्केका छन् । निको हुने दर विगतको तुलनामा केही दिनदेखि कम हुँदै गइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.