आम निर्वाचन २०७९

पञ्चे बाजा बजाएपछि प्रचण्डलाई आयोगको स्पष्टिकरण

उम्मेद्वारी मनोनयनका दिन पञ्चेबाजा बजाएपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै सातदिने स्पष्टिकरण सोधेको छ ।

गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गने क्रममा पञ्जे बाजा बजाएर आचारसंहिता उल्लंघन गरेको निर्वाचन आयोगले भन्दै स्पष्टीकरण सोधेको हो ।

स्पष्टिकरण पत्रमा उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा सहित साथमा लिई मनोनयन गरेको श्रव्यदृश्य सामग्री सार्वजनिक भएको जनाउँदै यो आचारसंहिता विपरीत रहेको जनाइएको चछ ।

आयोगले भनेको छ, यहाँको मनोनयन दर्ता क्रममा बाजागाजा (पञ्चेबाजा)को प्रयोग भएको हो होइन ? यहाँको मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा (पञ्चेवाजा)को प्रयोग भएको हो भने यहाँलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (१)को खण्ड (ण)को व्यवस्थाको उल्लङ्घनमा किन कारवाही गर्नु नपर्ने हो ?

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.