आम निर्वाचन २०७९

सर्वेक्षण भन्दै मतपरिणाम सार्वजनिक गरे कारबाही

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको आचारसंहिता विपरीत दलीय र उम्मेदवारको पक्षपार्ने गरी मत सर्वेक्षण र सोको नतिजा सार्वजनिक हुन थालेपछि सो कार्य नगर्न आग्रह गरेको छ ।

कतिपय व्यक्तिले मतपरिणाम सर्वेक्षण भन्दै सामाजिक सञ्जालको प्रयोग गरेर सार्वजनिक गर्न थालेपछि आयोगले एक विज्ञप्ति जारी गरी आचारसंहिता विपरीत हुने सो कार्य गरेको पाइएमा बमोजिम कारबाही हुने चेतावनी दिएको छ ।

आयोगका उपसचिव एवं सहायक प्रवक्ता कमल भट्टराईले आज प्रेस विज्ञप्ति जारी गरी उपरोक्त व्यवस्था विपरीत कोही कसैले कार्य गरेमा कानुन बमोजिम कारवाही हुने बताउनुभएको हो ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ (त) मा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको मितिदेखि मतदान सम्पन्न नभएसम्म उम्मेदवार वा राजनीतिक दलको मतपरिणामका सम्बन्धमा कुनै मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न वा प्रकाशन गर्न नपाइने स्पष्ट उल्लेख गरिएको छ ।

साथै आचारसंहिताको दफा ४ को (थ) मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्ने गरी विचार राख्न, प्रचारप्रसार गर्न, कुनै विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालमा प्रकाशन गर्न वा अरूले प्रकाशन गरेका सामग्री शेयर गर्नसमेत नहुने व्यवस्था रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.