राजनीति

बागीलाई कारबाही गर्दा कांग्रेसले भोग्ने क्षति कति ?

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्ता गठबन्धनको चुनावी तालमेलमा असन्तुष्ट रहेर टिकट नपाएका नेपाली कांग्रेसका नेताहरुले बागी उम्मेदवारी दिएपछि पार्टीबाट निष्काशन गर्ने चेतावनीलाई कांग्रेसले सच्याएको छ ।

बुधबार दिउँसो १ बजेभित्र उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्काशित हुने धम्कीपूर्ण विज्ञप्ति निकालेको कांग्रेसले आज बिहिबार अर्का विज्ञप्ति जारी गरी उम्मेदवारी फिर्ता लिने समय असोज ३१ सम्म पुर्याएको छच ।

कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीबाट बागी उठेका नेताहरूलाई यही असोज ३१ गतेभित्र उमेदवारी फिर्ता लिए पार्टीले गरेको कारबाही फिर्ता हुने उल्लेख छ ।

यस्तो छ प्रेस विज्ञप्ति

यही २०७९ मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभारप्रदेश सभा सदस्य पदको निर्वाचनमा गठबन्धन दलहरु बीच सहमती भई बनेका नेपाली कांग्रेसका आधिकारिक उम्मेदवार एवं गठबन्धन दल बीच सहमती भई बनेका गठबन्धन दलका आधिकारिक उम्मेदवार विरुद्ध विद्रोही उम्मेदवारी दिई तोकिएको मिति र समय (२०७९ असोज २६ गते विहान १० बजेदेखि अपरान्ह १ बजे) भित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थकलाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम नेपाली कांग्रेसको सदस्यता समेत नरहने गरी ५ वर्षका लागि निष्काशन गरिएको विषयमा ध्यानाकर्षण गराउँदै, तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्ण रुपमा सक्रिय रहने प्रतिवद्धता सहित २०७९ असोज ३१ गतेभित्र सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारवाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पु¥याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.