राजनीति

प्रधानमन्त्री देउवाबाट जसपाबाट मन्त्री भएकाहरु बर्खास्त

सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टी नेपाल (जसपा)ले आसन्न निर्वाचनमा नेकपा एमालेसंग तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाबाट मन्त्री भएकाहरुलाई पदमुक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले जसपाबाट मन्त्रीभएका राजेन्द्र श्रेष्ठ (सङ्घीय मामिला तथा सामान्य मन्त्री), मृगेन्द्रकुमार सिंह यादव (कृषि तथा पशुपन्छी विकास मन्त्री), मोहम्मद इस्तियाक राई (भौतिक पूर्वाधार तथा यातायात मन्त्री), प्रदीप यादव (वन तथा वातावरण मन्त्री) लाई संविधानको धारा ७७ को उपधारा २ (ख) अनुसार मन्त्रीहरूलाई पदमुक्त गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाको सिफारिसमा मन्त्रीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी हेरफेर गर्नुभएको छ । मन्त्रीहरूले सम्हाल्दैआउनुभएको कार्यभार प्रधानमन्त्री देउवाले सम्हाल्ने गरी तोक्नुभएको छ ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा सो कुरा उल्लेख गरिएको छ ।

सोहीअनुसार संविधानको धारा ७८ बमोजिम कानुन न्याय तथा संसदीय मामिला मन्त्रीमा ६ महिनाका लागि नियुक्त हुनुभएका गोविन्द प्रसाद शर्मा (कोइराला) को पदावधि सकिएकाले प्रधानमन्त्री देउवाकै सिफारिसमा सो मन्त्रालयको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्हाल्ने गरी राष्ट्रपति भण्डारीले तोक्नुभएको जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.