सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज (सोमबार ) नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ-१ मा नेपाली समयअनुसार राति पौने नौ बजेदेखि सुरु हुनेछ । आइतबार भएको सुपर सिक्सको पहिलो खेलमा नेपालले यूएईमाथि एक रनको रोमाञ्चक जित निकालेको थियो ।
आज कतारलाई पराजित गर्दै नेपाल विश्वकपमा पुग्ने सम्भावनालाई बलियो बनाउने योजनाका साथ मैदान उत्रदैछ भने यता कतार पनि नेपाललाई पराजित गर्ने सुरमा रहेको छ ।
सुपर सिक्समा नेपाल २ खेलमा ४ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ भने अंकविहिन कतार भने तालिकाको पुछारमा रहेको छ । नेपालले समूह चरणमा नेपालले कुवेत र जापानलाई पराजित गर्दै समूह ‘बी’ को विजेताका रूपमा सुपर सिक्समा पुगेको हो ।
आज सुपर सिक्सको दोस्रो खेल खेल्न लागेको नेपालले तेस्रो खेल २९ असोजमा ओमानसँग र अन्तिम खेल सामोआसँग ३१ असोजमा खेल्नेछ ।





प्रतिक्रिया राख्नुहोस्