जेएमई रेमिटको दशै सुनको बहार कार्यक्रम एक साता बाँकी
जापानमा नेपालीद्वारा संचालित पहिलो रेमिटयान्स कम्पनी जापान मनी एक्सप्रेस (जेएमई)ले भरपर्दो र विश्वासिलो सेवा प्रदान गर्ने क्रममा आफना ग्राहकहरुलाई नेपालीहरुको महान चाड दशैको अवसर पारेर उपहार प्रदान गर्ने र सो अवधि अब एक साता मात्र बाँकी रहेको एक विज्ञप्तिमार्फत जनाएको छ ।
जेएमईले गत सेप्टेम्बर १८ तारिकबाट अक्टोवर २० तारिकसम्म रेमिटयान्स गर्ने हरेकलाई उपहार योजनामा सामेल गर्ने जनाएको छ । उपहार योजना अन्तर्गत यसपटक २४ क्यारेटको सुनको सिक्री उपहार राखेको जेएमईका अध्यक्ष ओम गुरुङले जानकारी दिनुभयो ।
टोकियो लगायत जापानका विभिन्न शहरहरुमा शाखा कार्यालय तथा एजेन्ट मार्फत नेपालमा रेमिटयान्स सेवा दिदै आएको जेएमईले यस पटकको उपहार कार्यक्रममा गोलाप्रथाबाट प्रथम हुनेलाई एक तोलाको सुनको सिक्री, दोश्रोलाई आठ ग्रामको सुनको सिक्री तथा तेश्रोलाई छ ग्रामको सिक्री राखेको छ ।
आगामी सातासम्म रेमिटयान्स गर्ने प्रत्येक रेमिटयान्सलाई गोलाप्रथामा समावेश गरिने अध्यक्ष गुरुङले बताउनु भयो । उपहारको नतिजा अक्टोवर २२ तारिक दिन जेएमईको आधिकारीक फेसबुक पेज तथा विभिन्न संचार माध्यमहरुबाट लाईभ गरिने छ ।
विश्वमहामारीका बीच पनि विभिन्न स्थानमा रहि नेपालमा घर परिवारमा रेमिटयान्स गर्ने हरेक ग्राहकहरुलाई सुस्वास्थ्यको कामना गर्दै जेएमईले यस पटकको पर्वमा सजग रहेर मनाउन अनुरोध समेत गरेको छ ।