जन सरोकार

गोनपा वडा नं. ९ ले दियो ज्येष्ठ नागरिकलाई पौष्टिक आहार

गोकर्णेश्वर नगरपालिका वडा नं. ९ ले वडाभित्रका ज्येष्ठ नागरिकलाई बडा दशैंको अवसरमार पौष्टिक आहार वितरण गरेको छ । बुधबार नगरपालिका प्रमुख सन्तोष चालिसेले वडा नं. ९ आरुबारीमा उपस्थित ज्येष्ठ नागरिकहरुलाई पौष्टिक आहार वितरण गरेर यसको शुभारम्भ गर्नुभयो ।

आहार वितरण गर्दै मेयर चालिसेले बडा दशैं नजिकिंदै गरेको र कोभिड १९ को महामारीका बेला सबैभन्दा बढी जोखिममा ज्येष्ठ नागरिक रहेकाले उहाँहरुको स्वास्थ्य सुरक्षाका लागि वडाले सानै रुपमा भए पनि पौष्टिक आहार वितरण गरेकोमा खुसी व्यक्त गर्नुभयो ।

मेयर चालिसेले कोभिड १९ को महामारीबाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न तथा युवाहरुले बालबालिका र वृद्धवृद्धाको स्वास्थ्य सम्वेदनशीलतालाई ख्याल राखी व्यवहार गर्न पनि आग्रह गर्नुभयो ।

वडाभित्रका ज्येष्ठ नागरिक भत्ता पाउने सूचीमा रहेका र नरहेका गरी झण्डै २ सय ५० जनाको सूची तयार गरी घरघरमै पुगेर वितरण गर्न लागिएको वडा अध्यक्ष राजिब थापाले बताउनुभयो । थापाले जनसेवाको उत्तरदायित्व पालना गर्दै पौष्टिक आहार वितरण गरेको जनाउनुभयो ।

वडाध्यक्ष थापाले वितरण गरिएको पौष्टिक आहार प्रति व्यक्ति १५ सय रुपैयाँको हाराहारीमा रहेको पनि जानकारी दिनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार दीपक रिसाल, वडा नं. ९ का सदस्य पुरुषोत्तम थापा, सत्यभामा श्रेष्ठ लगायतले पौष्टिक आहार वितरण गर्नुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.