जापान

जापानमा संसद विघटन, अक्टोबर ३१ मा आमनिर्वाचनको घोषणा

जापानका प्रधानमन्त्रीले आगामी आमनिर्वाचनका लागि यहाँको संसदको तल्लो सदन, प्रतिनिधिसभा विघटन गर्नुभएको छ । जापानी अधिकारीहरुले सो कुराको जानकारी दिएका हुन् । अधिकारीहरुले बिहीबार बसेको संसदको बैठक लगत्तै विघटन भएको बताएका हुन् ।

जापानमा आगामी अक्टोबर ३१ तारिखमा संसदीय निर्वाचन हुने भएको छ । संसदको कार्यकाल यही अक्टोबर २१ सम्म बाँकी छ । त्यसलगत्तै अक्टोबर ३१ मा निर्वाचनको तयारी थालिएको छ ।

सत्तारुढ एलडिपी (लिबरल डेमोक्रेटिक पार्टी) को पार्टी अध्यक्षको निर्वाचन जितेपछि फुकिओ किशिदा प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । त्यसलगत्तै उहाँले अर्काे आमनिर्वाचनको तयारी थाल्नुभएको थियो ।

किशिदा जापानको प्रधानमन्त्रीमा नियुक्त भएको अक्टोबर ४ तारिखकै दिन उहाँले आफूले तुरुन्तै नयाँ निर्वाचनको तयारी थाल्ने बताउनुभएको थियो ।

प्रधानमन्त्री किशिदाले जापानको आर्थिक मन्दीमा कारक रहेको महामारीको अन्त्य गर्ने र यसबाट क्षति पुगेको अर्थतन्त्रलाई राहात दिने कार्यक्रम ल्याउनुभएको छ ।

उहाँले आफूले घोषणा गरेका आर्थिक कार्यक्रमहरुलाई कार्यान्वयन गर्नका लागि भन्दै आम निर्वाचनमा आम नागरिकको सहयोगको अपेक्षा गर्नुभएको छ । उहाँले देशमा आर्थिक विकासका प्रभावकारी कार्यक्रमहरु ल्याउने भन्दै त्यसका लागि सहयोग गर्न सबै मतदाताहरुसँग आग्रह पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.