राजनीति

प्रधानमन्त्रीसंग बदला लिंदै मुख्यमन्त्री राउत

जसपाका मन्त्री बर्खास्त गरेपछि कांग्रेसका मन्त्री हटाउने तयारीमा मुख्यमन्त्री राउत

सत्ता गठबन्धनबाट बाहिरिएको जनता समाजवादी पार्टीबाट सरकार सामेल मन्त्रीहरुलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बर्खास्त गरेपछि जसपाको बहुमत रहेको मधेश सरकारले कांग्रेसका मन्त्रीहरु हटाउने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाउने तयारी गर्नुभएको समाचार छ ।

उहाँहरुलाई मुख्यमन्त्री राउतले फोन गरी राजीनामा दिन अनुरोध गरेको र राजीनामा नदिए आजै पदमुक्त गर्ने तयारी मुख्यमन्त्री राउतको छ ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनरविचार गरी कांग्रेसका मन्त्री हटाउने निष्कर्षमा पुगेको बताइएको छ ।

सत्ता गठबन्धन छाडेर जसपाले नेकपा एमालेसँग गठबन्धन गरेपछि प्रधानमन्त्री देउवाले संघीय सरकारका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशुपंक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरण मन्त्री प्रदीप यादवलाई बिहीबार बर्खास्त गर्नुभएको थियो ।

सोही कारण मधेश प्रदेश सरकारको नेतृत्वको गरेको जसपाले गठबन्धनमा सामेल एकीकृत समाजवादी र माओवादीका मन्त्रीहरुलाई कायम राखेर कांग्रेसबाट मन्त्री बनेकाहरुलाई मात्र हटाउन लागेको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.