अर्थ

अमेरिकी डलरको विनिमय दरमा नयाँ कीर्तिमान

असोजदेखि आकाशिंदै गएको अमेरिकी डलरको विनिमय दर आज (असोज २८ गते) नयाँ उचाई लिएको छ । अमेरिकी डलरको मूल्य पुनः बढेर नयाँ रेकर्ड बनाएको छ ।

आज १ अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ४६ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ ६ पैसा पुगेको छ । यसअघि २२ असोजको १ अमेरिकी डलरको खरिद मूल्य १३१ रुपैयाँ ४२ पैसा र बिक्री मूल्य १३२ रुपैयाँ २ पैसा रहेको थियो ।

डलरको मूल्य लगातार बढ्दा नेपाली रुपैयाँमा आयात बढेर व्यापार घाटा झनै बढ्ने जोखिम रहेको अर्थविद्हरुको विश्लेषण छ । यसको साथै मुद्रास्फीति दाहोरो अंकमा पुग्ने विश्लेषण भइरहँदा डलरको मूल्यवृद्धिले मुद्रास्फीतिमा थप चाप पर्ने पर्नेसक्ने अवस्था छ ।

डलरको मूल्य बढ्दा नेपाल सरकारको वैदशिक ऋणको दायित्व बढेर बजेट घाटा झनै बढ्ने जोखिम रहेको छ भने रेमिट्यान्स, पर्यटन र वस्तु निर्यातमा भने डलर महँगो हुँदा सकारात्मक प्रभाव पर्नेसक्ने जानकारहरु बताउँछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.