प्रदेशमधेश

मधेश प्रदेशमा कांग्रेसबाट मन्त्री बनेकाहरु बर्खास्त

बिहिबार प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री बनेकाहरुलाई हटाएपछि आज शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसबाट मन्त्री बनेका ३ जनालाई बर्खास्त गर्नुभएको छ ।

कांग्रेसबाट मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, खानेपानी तथा उर्जा विकासमन्त्री ओमप्रकाश शर्मा र महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहलाई हटाइएको हो ।

२६ जेठ २०७८ मा नियुक्त भएका तीन मन्त्रीलाई मुख्यमन्त्री राउतले शुक्रबार विहानै उनीहरुलाई फोन गरी राजीनामा दिन भने पनि राजीनामा नदिएपछि बर्खास्त गरिएको हो ।

बिहीबार साँझ सत्ता गठबन्धन घटक दलहरु नेपाली कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका ६ मन्त्री र २ राज्यमन्त्री सबैलाई बर्खास्त गर्ने तयारी गरे पनि त्यसमा जसपाले पुनर्विचार गरी कांग्रेसका मात्र मन्त्री हटाएको हो ।

३ मन्त्री बर्खास्त गरेको पत्र मुख्यमन्त्री राउतले प्रदेश प्रमुख कार्यालयमा पठाएका छन् । ती मन्त्रालयहरुको जिम्मेवारी अब मुख्यमन्त्री राउतले नै सम्हाल्नुहुनेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.