राजनीति

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय प्रमुख पोखरेलको यस्तो छ जिम्मेवारी

उपप्रधानमन्त्री ईश्वर पोखरेलले बिअिबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्नुभएको छ । यसअघि रक्षामन्त्री रहनुभएका पोखरेल बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको मन्त्रीका रुपमा नियुक्त हुनुभएको थियो ।

नेपालको राजनीतिक इतिहासमै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री नियुक्त गरिएको छ । कतिपयले पोखरेललाई सो कार्यालयको जिम्मेवारी दिइनु भावी प्रधानमन्त्रीको अभ्यासका रुपमा व्याख्या गरेका छन् भने कतिपयले मन्त्री खोसेर सचिव बनाएको टिप्पणी गरेका छन् ।

स्वयं पोखरेलले भने आफूले पाएको जिम्मेवारी नेपालमै नयाँ अभ्यास भएको बताउनुभएको छ । प्रधानमन्त्रीलाई सघाउन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका काममा संयोजनका लागि पोखरेलले नयाँ भूमिका निर्वाह गर्नुहुनेछ ।

बिहिबार प्रधानमन्त्रीको कार्यालयमा राखिएको स्वागतमन्त्रालयमा राखिएको स्वागत समारोहमा मन्तव्य राख्दै उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रत्यक्ष निगरानीमा रहेका निकायहरु आफूले हेर्ने बताउनुभएको थियो ।

उपप्रधानमन्त्री पोखरेलले आफूले हेर्ने क्षेत्रहरु लगानी बोर्ड, राष्ट्रिय योजना आयोग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, राष्ट्रिय अनुसन्धान विभाग लगायतको सूची बताउनुभएको थियो ।

कार्यक्रममा मन्त्री पोखरेलले नयाँ अभ्यास अमूर्त नहुने बताउँदै संभवतः यो नेपालको मन्त्रिपरिषद्मा नौलो अभ्यास रहेको र औपचारिकता निर्वाह गर्नु मात्रै नभएर संरचनामै परिवर्तन ल्याउन आफू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आएको बताउनुभयो ।

आफ्नो तहको व्यक्तिलाई यस्तो जिम्मेवारी दिइएको थाहा नपाएको बताउनुभएका पोखरेलले गन्थन र गुनासोमा मात्रै अलमलिने र अमूर्त कुरा गर्ने मात्रै नभएर स्टक्चरमै देखिने गरी काम गर्नुपर्ने भएकाले आफू त्यसैका लागि यहाँ आएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.