राजनीति

राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले एकता, आपसी सद्भाव र प्रेमभाव प्रदर्शन गर्ने पर्व विजया दशमीले सबैलाई राष्ट्र निर्माणमा एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

विजयादशमी २०७८ का अवसरमा आज एक शुभकामना सन्देश दिँदै सांस्कृतिकरुपमा समृद्ध हाम्रो नेपाली समाजमा विशेष रुपमामनाइँदै आएको पर्व विजया दशमीको उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइमा शुभकामना व्यक्त गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले सुख र समृद्धिको कामनासहित शुभकामना आदानप्रदान गरिरहँदा समग्र नेपालीको आमसरोकारको विषय स्मरण भइरहेको छ भन्ने सन्दर्भ उल्लेख गर्दै कोरोनाबाट सुरक्षित होऔँ र सुरक्षित साथ दसैं मनाऔँभन्ने आह्वान पनि गर्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.