राजनीति

प्रधानमन्त्री देउवासंग मन्त्रीहरु लगायतबाट टीका ग्रहण

प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा आज टीका ग्रहण गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीबाट गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विजयादशमीको टीका लगाउनुभएको हो ।

मुमाको हातबाट शुभसाइतको टीका लगाएपछि प्रधानमन्त्रीबाट टीका ग्रहण गरेको सञ्चारमन्त्री कार्कीले जानकारी दिनुभयो ।

त्यस्तै प्रधान सेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र नेपाल सरकारका तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाउनुभएको छ ।

कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी आवश्यक स्वास्थ्य सावधानी अपनाएर मन्त्री निवासमा सीमित सङ्ख्याको उपस्थितिमा टीका लगाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button