राजनीति

माओवादी अध्यक्ष प्रचण्डद्वारा गोरखा दरबारको अवलोकन

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूकम्पपछि पनुःनिर्माण गरिएको ऐतिहासिक गोरखा दरबारको अवलोकन गर्नुभएको छ ।

सत्ता गठबन्धनबाट गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवारसमेत रहनुभएका उहाँले आज बिहान दरबार अवलोकन गर्नुभएको हो ।

गोरखा दरबारको अवलोकन गर्दै अध्यक्ष प्रचण्डले गोरखाको ऐतिहासिक विरासत बोकेको गोरखा दरबार प्रचार–प्रसारमा जोड दिनुपर्ने बताउनुभयो ।

पर्यटन क्षेत्रको विकासमार्फत जिल्लाकोे आर्थिक समृद्धिको पर्याप्त सम्भावना रहेको भन्दै उहाँले गोरखा ऐतिहासिक धार्मिक तथा सांस्कृति हिसाबले महत्वपूर्ण जिल्ला भएको बताउनुभयो ।

उहाँले गोरखाको इतिहासले देशको गरिमालाई उँचो पारेकोसमेत बताउनुभयो । दरबार अवलोकनका क्रममा गोरखा दरबार सङ्ग्राहलयका प्रमुख नवराज अधिकारीले अध्यक्ष प्रचण्डलाई गोरखा दरबारको ऐतिहासिक महत्वलगायत विषयमा जानकारी गराउनुभएको थियो ।

दरबार अवलोकनका लागि अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, सचिव हितराज पाण्डेलगायतका नेता गोरखा दरबार पुग्नुभएको थियो ।

जिल्लामा निर्वाचनको तयारीका लागि अध्यक्ष प्रचण्ड शुक्रबारदेखि गोरखामा रहनुभएको छ । उहाँले जिल्लामा सत्ता गठबन्धनका दलका नेता, उद्योगी–व्यवसायीलगायतसँगको छलफललाई तीव्र पार्नुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.