अर्थ

विश्व भोकमरी सूचकाङ्कमा नेपालको अवस्था भारतभन्दा राम्रो

कृषिप्रधान देश नेपाल विश्व भोकमरीको सूचीमा कमजोर अवस्थामा रहे पनि समस्याग्रस्त भने देखिएको छैन । यो सूचकाङ्कमा नेपालले भारत, पाकिस्तान र बंगलादेशलाई उछिनेको छ ।

ग्लोबल हंगर इन्डेक्स (वैश्विक भोकमरी सूचकाङ्क)मा विश्वका १२१ देशमा नेपाल ८१ औं स्थानमा पुगेको छ । गत वर्ष ११६ देशको वरियतामा नेपाल ७६औं स्थानमा थियो ।

हालै सार्वनजिक भएको सन् २०२२ को ग्लोबल हंगर इन्डेक्समा नेपालको अवस्था भारत, पाकिस्तान र बंगलादेशको भन्दा राम्रो देखिएको हो ।

दक्षिण एसियामा आर्थिक रुपमा टाट पिल्टिएको भनिएको श्रीलंकाको अवस्था सबभन्दा राम्रो छ । श्रीलंका ६५ औं स्थानमा रहेको छ ।

वरियतामा नेपाल ८१औं स्थानमा छ भने भारत १०७औं स्थानमा रहेको छ । पाकिस्तान ९९औं स्थानमा रहँदा बंगलादेश ८४औं स्थानमा पुगेको छ । दक्षिण एसियामा सबैभन्दा कमजोर रहेको अफगानिस्तान १०९औं स्थानमा छ ।

वैश्विक भोकमरी सूचकांक विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय स्तरमा भोकमरीको विस्तृत मापन र ट्र्याकिङ हो । कुपोषण, गम्भीर शिशु कुपोषण, अवरुद्ध वृद्धि र बाल मृत्युदरसहित चार सूचकहरुको मानमा यसको मापन गरिन्छ ।

जीएचआईलाई १०० अंक मानेर यसको आधारमा देशको भोकमरीको गम्भीरताको स्थिति देखाइन्छ । कुनै देशको अवस्था शून्य छ भने त्यो राम्रो अवस्था हो । यो अंक १०० हुनु सबैभन्दा खराब अवस्था हो ।

नेपालको उक्त स्कोर १९.१ रहेको छ । यो मध्यम श्रेणीमा पर्छ । छिमेकी भारतको उक्त स्कोर २९.१ रहेको छ जुन गम्भीर श्रेणीमा पर्छ । १७ विकसित देशहरूको यो स्कोर ५ भन्दा कम छ । जसमा चीन, टर्की, कुवेत, बेलारुस, उरुग्वे र चिलीजस्ता देशहरू छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.