नेपाल र ओमान सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपमा छनोट भएका छन् । यी दुबै टोली दुई खेल अगावै टी-२० विश्वकपमा छनोट भएका हुन् ।
बुधबार भएको सुपर सिक्सको खेलमा यूएईले सामोआ र कतारले जापानलाई पराजित गरेसंगै नेपाल र ओमान टी-२० विश्वकपमा छनोट भएका हुन् ।
यद्यपि टी-२० विश्वकपमा छनोट हुने तेस्रो टोलीको टुंगो भने जापान र यूएईबीचको खेलबाट निर्धारण हुनेछ । यी दुई बीचको विजेता टोलीले टी-२० विश्वकपमा छनोट हुने छन् ।
तर टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जित्ने टोलीको टुंगो भने सुपर सिक्सको समाप्तिपाछि हुनेछ ।
यसैबीच आजै राति पौने नौ बजे नेपाल र ओमान भिड्दै छन् । त्यस्तै सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआसंग असोज ३१ मा खेल्नेछ भने ओमानले आफ्नो अन्तिम खेल जापानसंग खेल्नेछ ।
सन् २०१४ मा पहिलो पटक टी-२० विश्वकप खेलेको नेपालले सन् २०२४ मा दोस्रो पटक खेलेको थियो । बुधबार भएको पहिलो खेलमा कतारले जापानलाई तीन विकेटले पराजित गरेको थियो भने यूएईले सामोआलाई ७७ रनले पराजित गरेको थियो ।
अंक तालिकाको कूरा गर्ने हो ओमान र नेपाली तीन खेलमा समान ६-६ आंक जोड्दै क्रमश:पहिलो र दोस्रो स्थानमा छन् भने चार खेलमा चार अंक जोडेको यूएई तेस्रो स्थानमा रहँदा, तीन खलमा दुई अंक जोडेको जापान चौथों, चार खेलमा दुई अंक जोडेको कतार पाँचौं र तीन खेलमा अंक विहिन सामोआ पुछारमा रहेको छ ।
यस्तोमा नेपाल र ओमानको दुई खेल बाँकी हुँदा दुबै टोली दुबै खेलमा पराजित भएपनि ६-६ अंक हुनेछ भने जापानसंग एक खेल बाँकी रहेको यूएईले उक्त खेल जितेमा उसले पनि टी-२० विश्वकप खेल्नेछ ।
तर उक्त खेलमा यूएई पराजित भएको खण्डमा जापानले अन्तिम खेलमा ओमानलाई जितेमा जापान टी-२० विश्वकपमा छनोट हुनेछ ।
कतार र सामोआ भने टी-२० विश्वकप छनोटको दौडबाट बाहिरी सकेका छन् । कतारको एक खेल बाँकी रहँदा उसले खेल जिते पनि ४ अंक मात्र हुनेछ भने दुई खेल बाँकी रहेको सामोआले सबै खेल जितेपनि उसको मात्र चार अंक रहनेछ ।
अंक तालिकाको शीर्ष तीन टोली सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने आइसिसी टी-२० विश्वकपमा छनोट हुने प्रावधान छ ।





प्रतिक्रिया राख्नुहोस्