साँगामा एकैघरका दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

कोरोना (कोभिड १९)का संक्रमणका कारण काभ्रेको साँगामा उकै घरका दुईजनाको मृत्यु भएको छ । बनेपा नगरपालिका वडा नम्बर १३ साँगामा कोरोना संक्रमणका कारण एकै घरका दुई भाइको १० दिनको फरकमा दुई भाइको निधन भएको हो ।
समाचार अनुसार असोज १८ गते ४५ वर्षीय भाइको निधन भएको १० दिन पछि २८ गते राति ५० वर्षीय दाजुको धुलिखेल अस्पतालमा उपचारको क्रममा निधन भएको हो । मधुमेह रोगबाट पीडित उनलाई गत भदौ २७ गते धुलिखेल अस्पताल भर्ना गरिएको थियो । आईसियुमा राखि उपचार गरिए कोरोनाबाट उहाँलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
मृतकद्वयको परिवारका अन्य सदस्यहरुमा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरुको उपचार भइरहेको छ । यसरी एकै घरका दुई दाजुभाईकै कोरोनाका कारण मृत्यु भएको जिल्लाको पहिलो घटना हो ।
यसअघि तनहुँमा एकै घरका तीनजनाको मृत्यु भएको थियो । बाबु र दुई छोराको उपचारका क्रममा निधन भएको थियो भने एकजनाको अझै भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ ।