जन सरोकार

रक्सी खाएर डेढ वर्षे छोरासहित नदीमा हामफालेकी महिलाको जीवितै उद्धार, छोराको मृत्यु

राप्ती नदी

चितवनको भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया एक महिला मादक पदार्थ सेवन गरी डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् । नदीमा हामफालेकी उनको जीवितै उद्धार गरिएको छ भने छोराको मृत्यु भएको छ ।

समाचार अनुसार बिहिबार हेमन्ती बोटे नाम गरेकी ती महिला बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी थिइन् । इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको स्थान नजिकैबाट सकुशल उद्धार गरेको हो ।

उनको डेढ वर्षको छोरो भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको चितवन प्रहरीले जनाएको छ । हेमन्ती बोटेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनले नदीमा हामफाल्नुको कारण खुलेको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.