जल/वातावरण

पोखरामा सशस्त्र प्रहरीको कोरोनाबाट मृत्यु, सुर्खेतमा २२ वर्षीय युवकको मृत्युपछि कोरोना पोजेटिभ

कोरोना संक्रमणपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा सशस्त्र प्रहरीका एक कर्मचारीको मृत्यु भएको छ । मुस्ताङमा कार्यरत सशस्त्र प्रहरीका २५ वर्षीय जवानको मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उपचारको क्रममा बागलुङको ढोरपाटन नगरपालिका–७ घर भएका उनको बिहीबार राति ११ः३० बजे मृत्यु भएको हो । असोज २५ गते अस्पताल भर्ना भएका उनको असोज २७ गते संक्रमण पुष्टि भएको थियो ।

उता सुर्खेतमा २२ वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनको पिसीआर रिपोर्ट आउनु अगावै निधन भएको हो । जिल्लाको गुर्भाकोट नगरपालिका २ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

श्वास्प्रश्वासमा जटिल समस्या जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.