जल/वातावरण

थपिए ४ हजार ३ सय ९२ संक्रमित, काठमाडौं उपत्यकामा मात्र २४ सय २

नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३ सय ९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २ हजार ४ सय २ जना काठमाडौं उपत्यकामा रहेका छन् । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १ सय ३७ पुगेको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् । त्यस्तै देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् ।

त्यसै गरी पछिल्लो २४ घण्टामा २१ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ को कारणले मृत्यु हुनेको संख्या ७ सय १५ पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.