राजनीति

गोकर्णेश्वर र महालक्ष्मीमा अत्यावश्यक बाहेकका सेवा बन्द

कोरोना भाइरस संक्रमणको जोखिम बढेसंगै उपत्यकाका विभिन्न नगरपालिकाहरुले अत्यावश्यक बाहेकका नियमित सेवा बन्द गरेका छन् । यसै क्रममा काठमाडौंको गोकणेश्वर नगरपालिकाले कार्तिक १ गतेदेखि १५ गतेसम्म नगरपालिकाबाट प्रदान गरिने अत्यवश्यक बाहेकका सेवा बन्द गरेको जनाएको छ ।

नगरपालिका प्रमुख सन्तोष चालिसेले एक विज्ञप्ति जारी गरी कोरोना भाइरस संक्रमणको जोखिम बढिरहेका बेला नगरबासीलाई सचेत रहेर दशैं, तिहार मनाउन आवहान गर्दै कार्तिक १ गतेदेखि १५ गतेसम्म अत्यावश्यक बाहेकका सेवा स्थगित गरिएको जानकारी दिनुभएको हो । सो नगरपालिकामा अहिलेसम्म कोरोना संक्रमितको संख्या १ हजारभन्दा बढी रहेको छ ।

यसै गरी ललितपुरको महालक्ष्मी नगरपालिकाले अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गर्ने भएको छ । सो नगरका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले आज जारी गर्नुभएको सूचनामा नगरपालिकामा आगामी कात्तिक २ गतेदेखि ६ गतेसम्मका लागि अत्यावश्यक बाहेकका अन्य सेवा बन्द गरिएको उल्लेख छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.