जन सरोकार

महिला र दलितलाई कर्मकाण्ड तालिम

विश्व हिन्दू महासङ्घ शुक्लागण्डकी नगर समिति तनहुँले महिला र दलितलाई पुरोहित तथा कर्मकाण्ड तालिम सञ्चालन गर्दै आएको छ । आठ जना दलित समुदायका सहभागीसहित पैतीस जनालाई समितिले तीन वर्षदेखि तालिम प्रदान गर्दै आएको हो ।

समाजमा हिन्दु धर्मको जगेर्ना गर्नुका साथै पुरोहित उत्पादन गर्ने उद्वेश्यले सञ्चालन गरिएको तालिममा महिला र दलित समुदायको सहभागितामा समेत वृद्वि हुन थालेको छ ।

कर्मकाण्ड तालिममा महिला र दलित समुदायको पहुँच वृद्वि गर्न उनीहरुलाई प्राथमिकता दिएर तालिम सञ्चालन गरिएको नगर समितिका अध्यक्ष नारायणप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

उक्त तालिममा विभिन्न समुदायका आठ महिलासमेत सहभागी भएका छन् । उहाँले भन्नुभयो, “यस कार्यले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।” तालिममा सहभागि भएका जसबहादुर परियारले समुदायमा पुरोहित नपाउने समस्याको अन्त्यका लागि तालिम लिएको बताउनुभयो ।

समुदायमा बाहुन पुरोहित नजाने, आफ्नै समुदायमा भएका केही पुरोहित नभ्याउने समस्याले पूजाआजामा विधि अनुरुप गर्न पाइएको थिएन । उहाँले भन्नुभयो, “दलित समुदायमा पुरोहितको अभाव पूर्ति गर्न तालिम लिएको हुँ ।”

तालिममा सहभागी मध्येकी लक्ष्मी सिग्देलले स–साना कार्यमा पनि पुरोहित नै बोलाउनु पर्ने झन्झटले कठिनाई भोग्नुपरेको बताउनुभयो ।

आफैले ज्ञान सीप सिकेको अवस्थामा परिवार र समाजमा सहज हुने उहाँको विश्वास छ । दुलेगौंडा स्थित शिवालयमा सञ्चालित तालिममा सहभागि भएकाहरु मध्ये अधिकांशलाई धर्मको जगेर्नाप्रति चासो छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.