जन सरोकार

शताब्दीपुरुष जोशीको १ सय ३ वर्षको उमेरमा निधन

नेपालको इतिहास र संस्कृतिका ज्ञाता शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधन भएको छ । ग्वार्कोस्थित किस्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत जोशीको आइतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको हो ।

यही असोज ७ गतेदेखि अस्पालमा भर्ना भएर उपचाररत जोशीको स्वास्थ्यमा थप प्रतिकूलता देखिएपछि सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भैरहेको थियो ।

पछिल्लो पटक डेंगीको संक्रमणका सथै पिसाबमा पनि संक्रमण देखिएका कारण अस्पताल भर्ना गरिएको थियो । उहाँ मुटु र फोक्सो पनि दीर्घरोगी हुनुहुन्थ्यो ।

जहानियाँ राणा शासनदेखि २००७ सालमा आएको प्रजातन्त्रसम्म र २०१७ देखि सुरु भएको पञ्चायतदेखि २०४६ मा आएको प्रजातन्त्रसम्मका सबै उथलपुथलपूर्ण इतिहासका साक्षी रहनुभएका जोशी नेपाली र नेवारी भाषाका नाटककार र त्यसमा अभिनय गरेका कलाकार पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.