खेलविविध

सेनाका दीपकलाई राष्ट्रिय कीर्तिमानसहित स्वर्ण

गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष १० हजार मिटर दौडमा त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका छन् ।

आइतबार बिहान सम्पन्न दौडमा दीपकले निर्धारित दुरी ३० मिनेट १०.३० सेकेण्डमा पूरा गर्दै कीर्तिमानसहित स्वर्ण जिते ।

उनले सन् २०१४ को एसियन गेम्समा गोपीले बनाएको ३० मिनेट ३०.९९ सेकेण्डको कीर्तिमान ब्रेक गरे । यसअघि कीर्तिमान राखेका गोपीले रजत जिते । उनले ३० मिनेट ३८.३२ सेकेण्डमा पूरा गरे ।

हालसम्म विभागीय नेपाली सेनाले पदकमा बर्चस्व कायम गरेको छ । सेनाले १६ स्वर्ण, ११ रजत र १० कास्यसहित ३७ पदक जितेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.