जन सरोकार

गौरादहका बुहारीलाई स्नातकसम्म निशुल्क पढाइने

झापाको गौरादह नगरपालिकाले बुहारीहरुलाई निशुल्क स्नातकसम्म अध्यापन गराउने भएको छ । गौरादह बहुमुखी क्याम्पसमा अध्ययनरत बुहारीहरुलाई मासिक शुल्क नगरपालिकाले तिरिदिने भएको छ ।

नगर प्रमुख छत्रपति सुवेदीले विवाहपछि महिलाले पढाइ छाड्न नपरोस भनेर यो कार्यक्रम ल्याइएको बताउनुभयो । उहाँका अनुसार नगरपालिकाले स्नातकसम्म सबै महिलाले शिक्षा पाउन भन्ने उद्देश्यका साथ कार्यक्रम ल्याइएको हो ।

यस्तै नगरपालिकाले गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवाअन्र्तगत ५५ महिलाले अस्पतालसम्म पुग्न यो सेवा लिएको नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जानकारी दिनुभयो ।

यस्तै गौरादह नगर अस्पतालसमेत नगरपालिकाले सञ्चालन गरेको छ । पन्ध्र बेडको यो अस्पतालमा यसै वर्षदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिने छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.