जन सरोकार

जोशीको शवदाह नगरी अध्ययनका लागि अस्पतालमै राखिने

शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिक शरीर दाह नगरी अध्ययनका लागि राखिने अस्पतालले जनाएको छ । आइतबार विहान १०३ वर्षको उमेरमा निधन हुनुभएका जोशीको शव श्रद्धाञ्जलीका लागि किष्ट मेडिकल कलेज परिसरमा राखिएको छ ।

अस्पतालमा केहीबेर राखेपछि उहाँको शव ललितपुर महानगरपालिका परिसरमा श्रद्धाञ्जलीका लागि राखिने छ । त्यसपछि अपराह्न चार बजे पुनः अस्पतालमा पुर्याइने छ ।

शताब्दी पुरुष जोशीले यसअघि नै अध्ययन अनुसन्धानका लागि आफ्नो पार्थिव शरीर किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताललाई दान दिने घोषणा गर्नुभएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विशिष्ट पदाधिकारीले ललितपुर महानगरपालिकाको कार्यालय परिसरमा पुगेर श्रद्धाञ्जलि दिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.