ओमानमा जारी आइसीसी टी-२० विश्वकप एसिया छनोटको सुपर ६ को आफ्नो तेस्रो खेलमा नेपालले आयोजक ओमानलाई १ सय ५२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५१ रन बनायो ।
नेपालको लागि कुशल भुर्तेलले ५१ बलमा सात चौका र एक छक्काको मद्दतमा ६९ रनको अर्धशतकीय पारी खेले भने आसिफ शेखले २४ रन बनाए ।
त्यस्तै गुलसन झाले १८ रन जोडे । ओमानको लागि नदीम खानले चार विकेट लिए भने सुफ्यान मेहमूद र जितेन रमनन्दीको भागमा समान दुई-दुई विकेट रह्यो ।
नेपाल र ओमान दुई खेल अगावै आगामी वर्ष भारत र श्रीलङ्कामा आयोजना हुने टी–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भैसकेका छन् ।





प्रतिक्रिया राख्नुहोस्