जल/वातावरण
संक्रमित थपिए तीन हजार एक सय ६७ , निको भए एक हजार आठ सयजना

शनिबार नेपालमा ३ हजार १ सय ६७ जना कोरोना संक्रमित थपिएका छ् । थपिएका संक्रमितसंगै कुल संख्या १ लाख २९ हजार ३ सय ४ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जम्मा एक हजार आठ सय जना उपचारपछि निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार पछिल्लो चौबीस घण्टामा १५ हजार ४३८ जनाको आरटीपीसीआर परीक्षण गरिएको तीन हजार १६७ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको हो ।
त्यस्तै हाल ३८ हजार ७३७ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ भने हालसम्म ८९ हजार ८४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।
यसै गरी शनिबार १२ जनाको मृत्यु भएको छ अहिलेसम्म नेपालमा कोरोनाबाट सात सय २७ को मृत्यु भइसकेको छ ।
प्रतिक्रिया राख्नुहोस्